गाउँले परिवेश, लवज र चालढाल, रुचाए दर्शकले ‘धौली’को ट्रेलर


गाउँले परिवेश, त्यस्तै लवज र चालढाल। करिब एक दशक अगाडिको जस्तो परिवेश लाग्छ। पात्रहरुले लगाउने पहिरन र शैलीले यो कुरा झल्काउँछ। यो प्रदर्शनोम्मुख फिल्म ‘धौली’को ट्रेलरमा देखिने कुराहरु हुन्। यी सबै कुराहरुसँगै ट्रेलरमा राखिएका चोटिला डाईलग यतिबेला हिट भएको छ। दर्शकले फिल्मको ट्रेलरलाई खुब रुचाएको यसको निर्माण पक्षले दाबी गरेको छ। यूट्युबमा पनि दर्शकहरुले ट्रेलरलाई निकै उत्कृष्ट प्रतिक्रिया दिईरहेका छन्। ‘आफ्नो परिवेश र शैली सबैलाई मन पर्ने कुरा हो।’ फिल्म धौलीका निर्देशक घनश्याम लामिछानेले भने–‘ट्रेलरमा सबै कुरा समेट्न सकिँदैन। यो हिसाबले अहिले दर्शकबाट आईरहेको प्रतिक्रियाले फिल्म चल्छ भन्ने कुरामा हाम्रो टिम ढुक्क छ।’

Nepali Movie Dhauliट्रेलरभन्दा फिल्म अझै राम्रो भएको लामिछानेले बताए। ट्रेलरमा कान्छो चरित्र (विष्णु गौतम) र धौली चरित्र (गीता अधिकारी)बीचको सम्बादलाई दर्शकले बढि रुचाएका छन्। पुसको १० गतेदेखि मोफसलका शहर र १७ गतेदेखि काठमाण्डौका हलहरुमा लाग्ने यो फिल्मलाई वितरकहरुले पनि राम्रो व्यापार गर्न सक्ने भनेका छन्। काठमाण्डौमा पपकर्न र मोफसलमा एफडी कम्पनीले यो फिल्मको वितरण जिम्मा लिएको छ।

त्यस्तै धौलीको गीत ‘भाँजो हाल्यो पिरतीले’ पनि यूट्युबमा दर्शकको राम्रो साथ पाएको छ। यो गीतलाई धेरैले राम्रो भनेर प्रतिक्रिया दिएका छन्। ईन्टरटेनमेन्ट ब्याण्डले बनाएको यो गीत सँगै फिल्ममा समावेश अन्य गीतको प्रतिक्रिया पनि राम्रो आएको निर्माणपक्षले जनाएको छ।

स्पाईनी ब्याबलर क्रियशनको ब्यानरमा करिब ६० लाख रुपैयाँ लगानीमा निर्माण भएको यो फिल्ममा दलित महिला र ब्राह्मण युवाबीचको प्रेम सम्बन्ध देखाउन खोजिएको छ। फिल्ममा गीता अधिकारी, विष्णु गौतम, गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, शम्भु थापा लगाएतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्मको कथा सन्तोषकुमार आत्रेयले लेखेका हुन्।

शम्भु थापाको प्रस्तुतीमा बनेको यो फिल्ममा किरणकुमार आत्रेय नरबहादुर गोदार, सन्तोषकुमार आत्रेय लगाएतले लगानी गरेका छन्।

SUBSCRIBE 👉