Sushma Karki – किन हतास छिन् हटगर्ल ? – भिडियो


सफलता पाउनभन्दा बचाउन मुस्किल हुन्छ। सुषमा कार्कीको सवालमा त्यही भएको छ। म्युजिक भिडियोबाट करिअर सुरु गरेकी कार्कीले फिल्ममा आइटम डान्सको अफर पाउँदा फुरुंग भईन। भाग्यले नै भन्नुपर्छ, फिल्म लुटको ‘उध्रेको चोली..’ हिट भइदियो। त्यसपछि हरेक फिल्ममा आइटम गीत अनिवार्य हुन थाल्यो। पहिलो रोजाइमा सुष्मा परिन्। उनको भाउ ह्वात्तै बढ्यो।

Actress Sushma Karkiविडम्बना ! आफ्नो क्रेज व्यवस्थापन गर्न उनी चुक्दै गइन्। प्रेमीसँगको लफडा अनि अव्यावसायिक स्वभावका कारण सुषमाको कामुकता ओझेलमा पर्‍यो। सफलताको नशामा चूर सुषमाले आफ्नो करिअर तल झरेको भेउ पाउँदा समय निकै बितिसकेको थियो।

करिअर धर्मसंकटमा परेका बेला सुष्मा अभिनित नयाँ फिल्म चलेछ बतास सुस्तरी २८ माघमा रिलिज हुँदैछ। जसले एकातिर उनको उत्साह बढेको छ भने अर्कातिर मुटुको धड्कन। किनभने, यो फिल्म फ्लप भयो भने पलायनको विकल्प नहुने राम्रो हेक्का छ यी हटगर्ललाई। कि कसो ? तपाईलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला।

SUBSCRIBE 👉