बाबुराम बटालियनमा सदाबहार सुन्दरी


बाबुराम भट्टराईको नयाँ शक्तिका रूपमा उदाएको बटालियनमा अधिकांश अनुहार पुरानै छन्। तर, पुरानै भए पनि चर्चाको चुलीमा छन्, नायिका करिश्मा मानन्धर। सारा सामाजिक सञ्जाल यिनै सदाबहार सुन्दरीको ‘ब्रेन’ र ‘ब्युटी’को विमर्शमा व्यस्त छन्।

Karishma Manandhar Naya Shaktiराजनीतिमा सुन्दरीको प्रयोग भारतीय राजनीतिमा प्रशस्तै भएको छ। नेपालमा अलिकति नौलो भए पनि करिश्मालाई यी सबै सामान्य लाग्छन्। राजनीति मार्फत मुलुकको आर्थिक समृद्धिबाहेक उनको अरू आकांक्षा छैन।

त्यसो त पुराना शक्तिका ढुंगामुढा हान्ने शैलीसँग उदेक मान्ने उनको माओवादीसँग गोरु बेचेको साइनो पनि छैन। तर, बाबुरामसँँग करिश्माको ‘केमिस्ट्री’ मिल्छ रे ! भन्छिन्, “बाबुरामका विचार र योजना मन पर्‍यो। त्यसैले नयाँ शक्तिमा लागेकी हुँ।” आउँदा दिनहरुमा बाबुरामसँँग करिश्माको ‘केमिस्ट्री’ कत्तिको मिल्ला त ? कमेन्ट लेख्नुहोस् !

SUBSCRIBE 👉