मिलन चाम्सको ‘वीर विक्रम’ पहिलो पोस्टर – कलाकारहरुको नयाँ रुप


चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘वीर विक्रम’को फस्ट लुक र क्यारेक्टर पोष्टर रिलिज गरिएको छ। मिलन चाम्स निर्देशित यो चलचित्र निर्माणको समयदेखि नै चर्चामा छ। लभ, एक्सन र कमेडी जनराको यो चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, विभेक लिम्बु, शिशिर राना र वसन्त भट्ट मुख्य भूमिकामा छन्। यस भन्दा अघि मिलन चाम्सले बनाएको चलचित्र ‘हँसिया’ले स्वदेश तथा विदेशमा निकै रुचाईयो।

Nepali Movie Bir Bikram Posterचलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, अर्जुन जीसीको सम्पादन र राज कुमार केसीको छायांकन छ। चलचित्रको कथा यम थापाले लेखेका हुन्। शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, वेनिशरा राईले समेत लगानी गरेका छन्।

चलचित्रको प्रिमीएर हङकङबाट गरिने भएको छ। मार्च २८ तारिखमा चलचित्रको भव्य प्रिमीएर हङकङमा गरिन लागेको निर्देशक तथा निर्माता मिलन चाम्सले बताएका छन्। अप्रिल २ तारिखका दिन चलचित्रको विशेष शो वेलायतमा पनि गरिनेछ।

निर्देशक चाम्सले यो चलचित्रमा दयाहाङ राइदेखि अर्पण र अनुप विक्रम शाहीलाई फरक गेटअपमा प्रस्तुत गरेको जानकारी दिए। चलचित्रमा दयालाई एक्सन, कमेडी देखि नृत्य गर्दै गरेको अवस्थाच सम्म देखिने मिलनको दाबी छ।

सार्बजनिक गरिएको फस्ट लुक पोस्टरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉