करिश्मा मानन्धरको नजरमा परेकी पाँच नायिकाहरु


Karishma-Manandhar-Top-5-Actressसदाबहार सुन्दरी नायिका हुन्- करिश्मा मानन्धर । उनको सुन्दरता र अभिनयको तारिफ नगर्ने सायद कोही होलान्। धेरै नायिकाहरुको रोल मोडल बनेकी करिश्माको नजरमा चाहीं अहिलेका पाँच टप हिरोइन कस्ता होलान त ?

priyanka-karki-actress-photoनायिका प्रियंका कार्की
करिश्मालाइ प्रियंका कार्की खासै बिउटिफुल लाग्दैन रे। तर उनको ड्रेस सेन्स खुब मन पराउछिन। उनलाई लाग्छ, यो समयकी सबैभन्दा व्यस्त र पैसा कमाउने नायिका प्रियंका नै हुन्। त्यति मात्र होइन्, प्रियंकाको अभिनयप्रतिको प्यासन, क्षमता र सफलता हेर्दा प्रियंका लामो समय सम्म नेपाली सिने क्षेत्रमा रहिरहने कुरामा करिश्मा ढुक्क छिन्।

Namrata-Shrestha-actress-photoनायिका नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठको साहस सँग प्रभावित रहिछिन् करिश्मा, खासगरी जीवनमा आईपर्ने उतारचढावमा फाइट गर्न सक्ने उनको क्षमता। उनी बाहिरबाट हेर्दा जति सुन्दर छिन्, भित्र त्यतिकै सशक्त लाग्दो् रहेछ करिश्मालाई। नम्रताको पछिल्लो फिल्म क्लासिक हेरेपछि यो वर्षको अवार्डको एक्लो हकदार भएको करिश्माको ठम्माई छ। करिश्मा भन्छिन्, ‘हिरोइनलाई उमेरको दायराले छेक्छ, तर नम्रताको अभिनय र सुन्दरताको सामु उमेर पनि हार खान्छ।’

reecha-sharma-actress-photoनायिका ऋचा शर्मा
करिश्मालाई ऋचा शर्मा आम नायिका भन्दा युनिक लाग्दो रहेछ। ऋचाको लुक्समात्र होइन, सोचाइ र बुझाइको पनि तारिफ गर्छिन। करिश्मा भन्छिन, ‘ऋचा ब्ल्याक ब्युटी हुन्, अमेरिकातिर भएको भए यहाँ भन्दा बढी डिमान्ड हुन्थ्यो।’ ऋचालाई सबै भूमिका नसुहाएपछि यथार्थपरक भूमिका फिट गर्ने करिश्माको भनाई छ। सायद यही कारण हुनुपर्छ, उनी ऋचालाई सभाना आज्मी र स्मिता पाटिलसँग तुलना गर्न रुचाउँछिन्।

keki-adhikari-actress-photoनायिका केकी अधिकारी
केकीको क्युट फेसको फ्यान हुन करिश्मा। उनको अभिनयप्रति लगाव, अनुशासित र व्यावहारिकपनको पनि तारिफ गर्छिन। तर केकीले जुन पायो त्यही फिल्म खेलेको चाहीं मन परेको रहेनछ, खासगरी माई प्रमिस टाइपका। त्यसैले धेरैभन्दा उत्कृष्ट फिल्म खेल्न सुझाव दिन्छिन्। करिश्मा भन्छिन्, ‘क्षमता भएर मात्र हुँदैन। सही ठाउामा सदुपयोग गर्न जान्नुपर्छ। केकीले यतातिर ख्याल गरिन् भने करिअर उज्जवल छ।’

shilpa-pokhrel-actress-photoनायिका शिल्पा पोखरेल
करिश्माले बनाएको फिल्म फागुकी हिरोइन् हुन् शिल्पा पोखरेल। शिल्पा मन नपर्दो हो त किन आफनो फिल्ममा खेलाउथिन र ? शिल्पाको कडा मिहेनत, काम गराइ शैली र इनर्जीको प्रसशक हुन् करिश्मा। त्यतिमात्र होइन्, उनी करिश्मालाई आफ्नै छोरी जस्तो लाग्छ रे। भन्छिन्, ‘शिल्पाको लगाव यस्तै रहयो र आफूलाई निखार्दै लगिन् भने उनी नेपाली फिल्मको भविष्य बन्न सक्छिन्।’

यो त भयो सदाबहार नायिका करिश्मा मानन्धरको नजरमा परेकी पाँच नायिकाहरु। करिश्माको नजरमा परेकी यी नायिकाहरु प्रति तपाइको धारणा कस्तो छ ? कृपया कमेन्ट गर्नुहोला।

SUBSCRIBE 👉