दया र दियाको माया पिरती – फिल्म ‘वीर बिक्रम’को भिडियो गीत रिलिज


Dayahang Rai, Deeya Pun | Nepali Film BIR BIKRAM

Dayahang Rai, Deeya Pun | Nepali Film BIR BIKRAM

मिलन चाम्स निर्देशित चलचित्र “वीर विक्रम” को ” सारे सारे… “बोलको गीत सार्बजनिक गरिएको छ। दयाहाङ्ग राई र दिया पुन लाई फिचारिंग गरिएको भिडियो गीतमा तारा प्रकाश लिम्बु र दिपा लामाको स्वर रहेको छ। तारा प्रकाश कै सगीत रहेको गीतदिनेश राउतले लेखेका हुन्। गीतलाई रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी हुन्। गीतमा दयाहाङ्ग राईलाई बिल्कुलै फरक ढंगमा प्रस्तुत गरिएको छ।

केहि समय अघि चलचित्र निर्माण युनिटले चलचित्रको फस्ट लुक पोस्टरहरु सार्बजनिक गरेको थियो। सुटिंग समय देखि नै चर्चामा रहेको यो चलचित्रको फस्ट लुक पोस्टर सार्बजनिक भए पछि यसको चर्चा झनै चुलिएको थियो। चलचित्रमा शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, वेनुसरा राई र युबी चाम्सले लगानी गरेका छन्।

निर्देशक चाम्सका अनुसार चलचित्रको प्रदर्शन हंगकंगबाट शुरु गरिने भएको छ। २८ मार्च २०१६ हंगकंग र २ अप्रिल युकेमा चलचित्रको विशेष शो हुने भएको छ। नेपाल रिलिज मितिका बारेमा भने केहि टुंगो लागि सकेको छैन।

SUBSCRIBE 👉