दीपाश्री निरौलाको डेब्यू निर्देशन, छायांकन हुँदै ‘६क्का पञ्जा’


दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा’ को यतिबेला छायांकन भैरहेको छ। चलचित्रको सोमबारदेखि छायाँकन सुरु भएको हो। कमेडी जनराको यो चलचित्रमा कलाकार जीतु नेपाल , नायिका नम्रता सापकोटा, दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, बर्षा राउत लगायतको मुख्य भूमिका रहनेछ।

nepali-movi-chhaka-panja-1

६० जना कलाकारहरुको अभिनय रहने यो चलचित्र ‘६क्का पञ्जा’ लाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन्। एक महिना छायाँकन तालिका छुट्याइएको चलचित्रको काठमाण्डू र काभ्रेपलाञ्चोकका हुनेछ। यस्तै यो चलचित्रको ओभरसिज प्रदर्शन ‘राईट्स’ तथा भिसिडी र ‘युट्युव राईट्स’ हाईलाईट्स नेपालले किनीसकेको छ।‘६क्का पञ्जा’ लाई ४० लाख भन्दा बढि रकममा हाईलाईट्स नेपालले किनेको हो।

SUBSCRIBE 👉