भदौ ३ गते देखि नेपालमा ‘वीर विक्रम’


Nepali Movie Bir Bikram Poster
मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’को नेपाल प्रदर्शन मिति तय भएको छ। नेपालमा यो फिल्म भदौ ३ गते देखि अल नेपाल रिलिज हुने भएको हो। निर्माता एवं निर्देशक मिलन चाम्सले एक साता अगाडि नै आफूले एक टेलिभिजनबाट मिति घोषणा गरेको बताए। फिल्मलाई काठमाण्डौमा गोविन्द शाही र गोपाल कायस्थले र काठमाण्डौ बाहिर केदार पराजुलीले वितरण गर्ने बताईएको छ।

फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही र नव-अभिनेत्री दीया पुन मुख्य भूमिकामा छन्। मिलनका अनुसार, फिल्मलाई हङकङ र यूकेमा रेड कार्पेट प्रिमिएर गर्ने तयारी पनि गरिएको छ। विदेशमा फिल्म रिलिज पछि मात्र नेपालमा रिलिज गर्ने प्लान भएको मिलनले बताए। केहि समय अघि रिलिज भएको फिल्मको गीतले यु ट्युबमा राम्रै दर्शक र चर्चा पाएको छ।

SUBSCRIBE 👉