बैशाख १७ : बाघीका कारण जंगेलाई चुनौती !


बैशाख १७ मा रिलीज हुने चलचित्र ‘जंगे’ निकै ठुलो चुनौती छ । किनकी सोही मितीमा बलिउडमा निकै चर्चा पाएको चलचित्र ‘बाघी’ समेत नेपालमा रिलीज हुदैछ । अर्को रमाइलो कुरा के छ भने यी दुवै चलचित्र मल्टिप्लेक्स टार्गेट चलचित्र हुन् ।Bagi-ANd-Junge

सबिर खानको ‘बाघी’मा टाईगर श्राफ र श्रद्धा कपुर लिड रोलमा छन् भने ‘जंगे’मा सुरजसिंह ठकुरी, ऋचा शर्मा, शिखा शाहि लगायत लिड रोलमा छन् ।

उत्कल थापा निर्देशित जंगे सुरजसिंहका एक्सनहरु पनि यतिबेला चर्चामा छन् तरपनि बलिउड चलचित्र रुचाउने दर्शक नेपालमा धेरै भएकाले यो चलचित्र ‘जंगे’ लाई निकै चुनौती थपिएको छ ।

SUBSCRIBE 👉