बुद्ध बारे फैलाइएको भ्रम ‘बुद्ध वर्न ईन नेपाल’ले मेटाउछ : रमित दुंगाना


चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’ जेठ ७ गतेबाट देशैभर रिलीजमा आउने चलचित्र हो । जसमा रमित दुंगाना ,अशिष्मा नकर्मी, निर शाह, मिथिला शर्मा लगायत अभिनयमा छ ।Ramit

गौतम बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम फैलाईरहँदा बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश सहित तयार भएको यो चलचित्रलाई रमित दुंगानाले निर्माण गरेका हुन् । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो चलचित्रलाई अमेरिका र नेपालमा खिचिएको हो ।

सुरुवातमै निर्माता भएर चलचित्र क्षेत्रमा आएका रमित भन्छन् मैले चलचित्र आफ्नो लागि नभई बुद्ध नेपालमै जन्मेका हुन् भन्ने सन्देश बिश्व भर फैलाउन बनाएको हु ।

उनि थप्छन् बुद्ध बारे फैलाइएको भ्रम ‘बुद्ध वर्न ईन नेपाल’ले मेटाउछ। त्यसैले यो चलचित्र मेरो मात्र होइन सबै नेपालीको भएकाले सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।

SUBSCRIBE 👉