अनुहार लुकाईएको ‘लालटिन’ पोस्टर रिलिज


Nepali-Movie-Laltin-First-Look-Posterफिल्म ‘लालटिन’को पोस्टर रिलिज भएको छ। विहिबार आयोजित प्रेसमिटमा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले पोस्टर अनावरण गरे।

देवकुमार श्रेष्ठ निर्देशित फिल्मको पोस्टरमा एक पात्र लालटिन बालेर सहर सामु उभिएका छन्।पोस्टर अनावरण गर्दै अध्यक्ष राईले पटकथामा आफै सामेल भएकाले राम्रो बनेको बताए।

दयाहाङ राई, केकी अधिकारी, अर्जुन गुरुङ, प्रियंका कार्की, रिया श्रेष्ठ, रामकेशर बोगटीको मुख्य अभिनय छ। लालटिनमार्फत अर्जुनजंग शाही र मेलिना मानन्धर लामो अन्तरालपछि कमब्याक हुँदैछन्।

भानुप्रताप प्रस्तुत फिल्ममा अनिम श्रेष्ठ, राज केसी, मनोज राजभण्डारी र दीपक श्रेष्ठले संयुक्त रुपमा लगानी गरेका छन्। फिल्ममा भानुले किरण माइकलसँग मिलेर पटकथा लेखेका हुन्। हरि लामाको छायांकन, अर्जुन जिसी र बनिश शाहको सम्पादन छ।

यसै फिल्म मार्फत राज कट्वाल र निर्जन थापा डेब्यु गर्दैछन। एक्सन, कमेडी, रोमान्स र क्राइम जानराको फिल्म अन्तराष्ट्रिय प्रदर्शनपछि मात्र नेपाल रिलिज गर्ने जानकारी निर्माता एवं अभिनेता भानुप्रतापले दिएका छन्।

SUBSCRIBE 👉