सरोज र आकांक्षाको चोखो मायामा पल र बिपनाको रोमान्स ( भिडियो )


गायक सरोज लामाको पहिलो गीत ‘चोखो माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रमोद कोइरालाको शब्द तथा संगीतको यो आधुनिक गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका छन् । गायक लामालाई यो यूगल गीतमा गायिका आकांक्षा बस्यालले गायनमा साथ दिएकी छिन् । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

Chokho Maya_1

म्युजिक भिडियोमा अभिनेता पल शाह तथा मोडल विपना थापाले अनस्क्रिन रोमान्स गरेका छन् । म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै नेपाली चलचित्रमा समेत पदार्पण गरेका पल शाहलाई यो भिडियोका आकर्षक देखाइएको छ ।  हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् ।

SUBSCRIBE 👉