बिर बिक्रम ट्रेलर – त्रिकोणात्मक प्रेमकथा, एक्सन र कमेडी

मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘बिर बिक्रम’ ट्रेलर रिलिज गरिएको छ। चलचित्र आगामी भदौ ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाही, नाजिर हुसेन साथमा नयाँ अनुहार दीया पुनको मुख्य भूमिका छ। मिलन चाम्स इन्टरटेनमेन्ट र लण्डन सीने आइ प्रोडक्शनमा यो चलचित्र निर्माण भएको हो।

Anoop-Bikram-Shahi-Daya-Hang-Rai

चलचित्रको ट्रेलरमा प्रेम, धोका, बदला र द्वन्दको कथा देखाइएको छ। ट्रेलर हेर्दा नायिका दीयाको वरिपरी घुम्ने ३ यूवाको त्रिकोणात्मक प्रेमकथामा चलचित्र बनेको अनुमान लगाउन सकिन्छ। अर्पण थापा र नाजिर हुसेनले दर्शकलाई हसाउने अपेक्षा गर्न सकिन्छ। अन्य चलचित्रमा भन्दा यो चलचित्रमा दयाहाङ स्लिम देखिएका छन्।

यसैविच, नायक दयाहाङ राई आफू अभिनित चलचित्र ‘वीर विक्रम’ रिलिजका लागि अष्ट्रेलिया जाने भएका छन्। अगष्टमा अष्ट्रेलियाको सिड्नी, मेलवर्न, व्रिसवेनमा यो चलचित्रको प्रदर्शन हुँदैछ। दयाहाङसँगै बसेर दर्शकले चलचित्र हेर्न पाउने प्रवद्र्धक कम्पनी नमस्ते इन्टरटेन्मेन्टले जानकारी दिएको छ।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

चलचित्रका केहि द्रिस्यहरु हेर्नुहोस्

SUBSCRIBE 👉