‘विन बुलाए मेहमान’ को मुस्कान


nepali-actress-nisha-adhikari

Nisha Adhikari

ग्ल्यामर नेपाल, काठमाडौं। ‘विन बुलाए मेहमान’ अर्थात निमन्त्रणा नै नगरिएको पाहुना। विहीबार ‘फिटकिरी’ले आयोजना गरेको कार्यक्रममा नायिका निशा अधिकार यस्तै पाहुना भइन्। बंगलादेशमा टी–ट्वान्टी विश्वकप क्रिकेट खेलमा चौका र छक्का हान्ने खेलाडीलाई नगद सहित सम्मानका लागि ‘फिटकिरी’ युनिटले गरेको कार्यक्रममा विना निमन्त्रणा निशा पुगेपछि हाँसोको पात्र बनेकी थिइन्। केही दिन अघि क्रिकेटर शरद भेषवाकरसँग ‘फिटकिरी’ हेर्न हल पुगेकी निशा शरद सहभागी भएकै कार्यक्रममा उपस्थित भएपछि ‘दालमे कुछ काला हैं’ भनेझैं भएको छ।

विना निमन्त्रणा सहभागी भएकोले होला, निशालाई ‘फिटकिरी’ युनिटले क्रिकेटरको सम्मानमा स्टेजमा पनि बोलाएन। क्रिकेटरसँगको सामुहिक फोटोसेसनमा समेत उनलाई वास्ता गरिएन। एक हदसम्म उनले अपमान नै सहनु पर्‍यो तर पनि उनी खिस्स हाँसेर कार्यक्रम हलबाट बाहिरीएकी थिइन्। मिडियाको डरले हुनुपर्छ, उनी शरदसँग बोलेको पनि देखिएन। यद्यपी यी दुईबीच टाढैबाट ‘मुस्कानको आदानप्रदान’ चाहिँ भएको थियो।

SUBSCRIBE 👉