एक्सन अवतारमा रमेश उप्रेतीको पुनरागमन – फिल्म ‘ब्रासलेट’ को ट्रेलर रिलिज


अभिनेता रमेश उप्रेतीको नेपाली फिल्मी नगरीमा पुनरागमन भएको छ। नेपालमा राम्रो फिल्म करियर बनिरहेको समयमा एकाएक अमेरिका उडेका रमेश फिल्म ‘ब्रासलेट’ बाट पुन: नेपाली फिल्मी नगरीमा फर्कदैछन्। भदौ १७ गते देखि प्रदर्शन हुने फिल्म ‘ब्रासलेट’ को ट्रेलर समेत सार्वजनिक भएको छ।

Ramesh-Upreti

करिब १ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा अभिनेता रमेशलाई एक्सन हिरोको रूपमा प्रस्तुत गर्दै उनको पुनरागमनलाई महत्व दिइएको छ भने नायिका रजनी केसीलाई पनि प्राथमिकता दिइएको छ। फिल्ममा रमेशका अलावा, रजनी केसी, नम्रता सापकोटा, नीर शाहको अभिनय रहेको छ। केशव भट्टराईले निर्माण गरेको यो चलचित्रका निर्देशन निर्मल शर्माले गरेका हुन्।

रमेशको एक्स्शन अवतार ‘ब्रासलेट’ को ट्रेलर – यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉