बुद्धको विशाल मुर्ति र शिक्षालय स्थापनार्थ चर्चित कलाकारको साथमा मनोरन्जन साँझ


सिन्धुपाल्चोकमा बुद्धको १०० फुट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ काठमाडौंमा मेरो बुद्ध, मेरो नेपाल मनोरञ्जन साँझ २०७३ आयोजना हुने भएको छ। बुद्ध, मि एण्ड नेपालले चर्चित कलाकारहरुको साथमा यो कार्यक्रम गर्न लागेको हो। ७५ वटै जिल्लामा १०० फुट भन्दा अग्लो र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने लक्ष्य बोकेर स्थापना भएको संस्था हो बुद्ध, मि एण्ड नेपाल।

Dipa-Dipak

पहिलो पटक सिन्धुपाल्चोक जिल्लाबाट यसको निर्माण गर्ने उद्देश्य अनुरुप उक्त योजनालाई साकार वनाउन र सफल वनाउन सहयोगार्थ कायक्रम मेरो बुद्ध मेरो नेपाल मनोरंजन सांझ २०७३ आयोजना गरिन लागिएको र कार्यक्रमबाट उठेको सम्पुर्ण रकम सिन्धुपाल्चोकमा बुद्ध मूर्ति र बुद्ध शिक्षालय निर्माणका लागि उपयोग गर्ने जानकारी संस्थाले जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

साउन १४ गते, प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रममा चर्चित कलाकारहरु किरण के.सी, शिवहरि पौड्याल, दिपकराज गिरी, दिपाश्री निरौला, मनोज आचार्य, सबिता गुरुङ्ग, कोमल वली, सुरेन्द्र के.सी., शिव शंकर रिजाल, राजेश पायल राई, सुशिल क्षेत्री, विल्सन विक्रम राई, मिलन अमात्य, सुनिता दुलाल, डिजराज पौडेल, शंकर वि.सी, पार्वती राइ, जेनी कुंवर लगायतका कलाकारहरुको प्रस्तुति हुनेछ।

SUBSCRIBE 👉