लोत हसाउँछ, ग्वाँ ग्वाँ रूवाउँछ ! चलचित्र लाल जोडीको ट्रेलर रिलिज


फुल अफ कमेडी फ्लेभरमा निर्माण भएको चलचित्र ‘लालजोडी’को ट्रेलर रिलिज भएको छ। दिलासा क्रियशनको प्रस्स्तुतिमा बनेको चलचित्र भदौ १७ गतेबाट देशभर रिलिज हुँदै छ।

Actress-Rajani-KC-Nepali-Movie-LAAL-JODEE

संचारकर्मी लक्षमण सुबेदीको कथा, निर्देशन रहेको चलचित्रमा लगानी पनि लक्षमणले नै गरेका छन्। तिज पर्वको अवसर पारेर रिलिज हुन लागेको चलचित्रमा रजनी केसी, वुद्धी तामाङ (हैट), आयुष्मा कार्की लगायतका कलाकारहरुको मुख्य अभिनय छ भने चल्तीका हाँस्य कलाकारहरुको अभिनय हेर्न सकिन्छ।

सार्बजनिक ट्रेलर कमेडी डाईलगले भरि पूर्ण छ। दर्शकलाई चलचित्रले हाँस्दा हाँस्दै रुवाउने र रुदा रुदै हसाँउने कुरामा आफु ढुक्क रहेको निर्देशक सुवेदीले बताएका छन्।

बेजोड हसाउने चलचित्र लाल जोडीको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉