सोसल ड्रामा सिनेमा अग्निदहन निर्माण हुने भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा फिल्मबारे जानकारी दिइयो। धौली निर्देशक घनश्याम लामिछानेले निर्देशन गर्ने फिल्मलाई बोक्सी कुप्रथा अन्त्यको महाभियानका लागि नेपाल नामक सामाजिक संस्थाले निर्माण गर्दैछ।
संचार सचिव दिनेश थपलियाले पहिलोपटक कुनै नेपाली फिल्म बनाउनका लागि आवश्यक सहयोग गर्ने आग्रहसहितको परिपत्र सबै मन्त्रालयलाई पठाइएको बताए। निर्देशक लामिछानेले समाजले भुलेको कन्टेन्टमाथि फिल्म बनाउन लागेको बताए । मधेशको सेटिङमा खिचिने फिल्मको छायांकन हेटौंडा, चितवनसहित पोखरामा समेत हुने भएको छ।
निर्माता कोविद शरण उपाध्यायले फिल्मले कमाएको नाफा व्यक्तिगतरुपमा नलिने तर बोक्सीविरुद्धको अभियानमा खर्चने बताए । अग्निदहनपछि निर्माणको पाइपलाइनमा बुहारी सिनेमा रहेको उनले बताए।
अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, तुलसा जिसी, तारा गुरुङ, विष्णु बाँस्तोला, ओम पौडेल लगायतको अभिनय हुनेछ । लोकमणी पौडेलको पटकथा, दीर्घ गुरुङको छायांकन, जेसन कुवँर पाश्र्वसंगीत, दीर्घ खड्का सम्पादक हुनेछन्।
अमेरिकाको लागि नेपाली पर्यटनदूत रामचन्द्र खरेलले सिनेमालाई विश्वव्यापी वितरण गर्न आफूहरु तयार रहेको बताए । सोमबार हेटौंडादेखि फिल्मको छायांकन सुरु हुँदैछ।
तस्विर: कमल प्रसाइँ