निर्माता तथा नायक हसनराजा खानले चलचित्र ‘रोमियो’को औपचारिक घोषणा गरेका छन्। एचआरके प्रोडक्शन हाउसको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सुरुमा पुराना निर्देशक नारायण पुरीले निर्देशन गर्ने बताईएको थियो। अहिले निर्देशक परिवर्तन गर्दै शंकर कार्कीको एक्शन कट रहने गरी राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको औपचारिक घोषणा गरिएको हो। एचआरके प्रोडक्शनको यो दोस्रो प्रोजेक्ट हो।
चलचित्रमा मेलिना मानन्धर, हसनराज खान, नीशा अधिकारी, भानुप्रताप ढकाल, ओसिमा वानु, विपेन गुरुङ, विकास खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ।
कार्यक्रममा नायिका नीशा अधिकारीले आफू जस्ती केटीलाई यो चलचित्रको भूमिका नसुहाएँ कसलाई सुहाउँछ भन्दै जवाफ दिइन्। उनले आफ्नो भूमिका च्यालेञ्जिङ भएको भन्दै दर्शकलाई चित्तवुझ्ने काम गर्ने बताइन्।
लामो समयपछि पर्दामा देखिन लागेकी नायिका मेलिना मानन्धरले धेरै चलचित्रको अफर अस्विकार गरेपनि यसको कथावस्तु मन परेकाले काम गर्न लागेको बताइन्। उनले छोरी हुर्काउन परेकाले आफू केही समय पर्दाबाट टाढा भएको बताइन्।
नायक तथा निर्माता हसनराजा खानले टिम राम्रो भएकाले पनि चलचित्र दर्शकलाई मनपर्ने बनेर आउने बताए। नव–निर्देशक शंकर कार्कीले यो एउटा प्रेम कथामा निर्माण हुन लागेको चलचित्र बताए।
सुरेश न्यौपाने, सुवास सुवेदी र रामकुमार श्रेष्ठ चलचित्रका सह–निर्देशक हुन्। चलचिमा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ।