‘हिटलर’को रोमान्टिक गीत: रारा तालमा सोहित र समियाको रोमान्स


कमेडी तथा लभस्टोरी कथामा निर्माण भएको चलचित्र ‘हिटलर’को रोमान्टिक गीत रिलिज भएको छ। ‘खुशीहरु बढ्दै जान्छ’ बोल रहेको गीतको भिडियोलाई रारा तालको आकर्षक दृश्यहरुलाई ब्याकग्राउन्डमा राख्दै खिचिएको छ। चलचित्रका मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको भिडियो उत्कृष्ट छ। सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको संगीत छ।
हेर्नुहोस् यसै गीतका केहि आकर्षक दृश्यहरु:

कमेडी तथा लभस्टोरी कथामा निर्माण भएको यो चलचित्रको ट्रेलर भने रिलिज गरिएको छैन। चलचित्रमा मेनुका प्रधान, ए गुरुङ, दिवस धिताल लगायतका कलाकारको पनि अभिनय छ। चलचित्रको पटकथा यसै चलचित्रका निर्देशक सौरभ ढकालले लेखेका हुन्। किचमान चित्रकारको कथा रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अरुणराज पौडेलको छायांकन, सूर्य थोकर लामाको एक्सन, कृष्ण के अच्छामीको कोरियोग्राफी छ।

चिनिमाया मानन्धर निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता वुद्ध रत्न मानन्धर, त्रिरत्न मानन्धर, रामविर मानन्धर र मनिराम मानन्धर हुन्। यो चलचित्रको रिलिज मिति जेठ १२ गते तय गरिएको छ।

‘खुशीहरु बढ्दै जान्छ’ भिडियो गीत यहाँ हेर्न सकिन्छ।

https://tv.glamournepal.com/watch-nepali-movie-hitler-song-jaba-samma

SUBSCRIBE 👉