हिमानीले हेरिन दरबारभित्रको लडाईं, बाहुबली २ हेर्न परिवार सहित सिनेमा हलमा


मनोरञ्जनको दुनियामा यतिबेला चर्चा केहीको छ भने बाहुबली २: द कन्क्लुजनको छ। यसले भारतमा मात्र होइन, नेपालमा समेत आक्रामक ब्यापार गरिरहेको छ। फिल्म रिलिज भएको एक साता बितिसक्यो तर हलमा दर्शकको ओइरो घटेको छैन। हाईप्रोफाइलहरु नै हलमा धाउन थालेका छन्।

शुक्रबार साँझ मात्र पुर्व युवराज्ञी हिमानी शाह बाहुबली हेर्न हल पुगेकी थिइन। सुन्धाराको सिटीसि मलस्थित सिनेमा हलमा हिमानी सँग उनका छोरी अनि पुर्व-बडामहारानी कोमल राज्यलक्ष्मी शाह सहित अन्य नातेदार थिए।

बाहुबली २ मा दरबारभित्र भाईले दाजुलाई पछारेर आफूले श्रीपेच पहिरिने कथा पस्किएको छ। नेपालमा पनि राजा विरेन्द्रको परिवार हत्याकान्डपछि उनका भाई तथा हिमानीका ससुरा ज्ञानेन्द्र शाह राजा बनेका थिए तर ज्ञानेन्द्रमा निरकुश शैली हाबी हुदै गएपछि २०६२/६३ को दोस्रो जनआन्दोलने राजतन्त्रलाई फालिदियो र गणतन्त्र स्थापित भयो। आफैं राजपरिवारको सदस्य अनि बाहुबली २ मा राजपरिवार भित्रकै फोहोरी खेल हेर्दा हिमानीलाई कस्तो महसुस भयो कुन्नी ?

SUBSCRIBE 👉