यस्तो छ कमल के क्षेत्रीको ‘कोदोकोला..’


आईलभयू… गीतको लोकप्रियताका कारण दर्शक तथा स्रोताको मन जित्न सफल गायक कमल के. क्षेत्रीले म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रीकै संगीत निर्देशन छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् ।

सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ। अनिल के.मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सि लियन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा गायक क्षेत्रीसहित क्रिस्टिना थापा, रवि आरएन तथा प्रकाश बस्नेतले अभिनय गरेका छन्।

SUBSCRIBE 👉