नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ। भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ। जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ। तलको भिडियो हेर्नुहोस्।
माई लाभको सानु माया बोलको गीत सार्बजनिक भएको हो। गीतमा दिप तुलाधारको संगीत रहेको छ। रमेश कोइरालाले लेखेको शब्दलाई रामचन्द्र काफ्ले र मिना सिंहले गाएका छन। गीतलाई प्रदिप श्रेष्ठले कोरियोराफी गरेका हुन। सार्बजनिक गीतमा गणेश लामा, शिटल श्रेष्ठ, जापानिज कलाकार युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको अभिनय रहेको छ।
फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र माइ लभमा दिनेश सुनाम र दिप तुलाधारको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ । यो चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ।
माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ। चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ। – भिडियो हेर्नुहोस्