दयाहाङ राई र श्वेता खड्का अभिनित फिल्म ‘कान्छी’ को ‘यो जिउ दाउमा लाउने’ बोलको गीत सार्वजनिक भएको छ। भिडियोमा दया र श्वेता क्लासिक लुक्समा देखिएका छन्। भिडियोमा दया र श्वेतासंगै कामेश्वर चौरासिया, अनु शाह, भूमिका श्रेष्ठ पनि देखिएका छन्। गीतमा दयाराम पाण्डेको शब्द , अर्जुन पोखरेलको संगीत र धर्मेन्द्र सेवानको स्वर सुन्न सकिन्छ। वसन्त श्रेष्ठले कोरियोग्राफी गरेको यो भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। फागुन ४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कान्छी’लाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन्। मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यस फिल्मको अघिल्लो गीत ‘चरी चट्ट’ ले दर्शकको मन जितिरहेको छ।
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
‘गाउँ आएको बाटो’: गाउँमा बाटो बनेपछि दयाहाङको जीवनमा आएको परिवर्तन
नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको छ। फिल्मको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे स्पष्ट पारेको छ। बाबुछोराको...
‘पुजार सार्की’को गीत ‘जाऊँ माया’: मन छुने शब्दमा यथार्थवादी दृश्यहरू
फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ। यो गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा...
मिरुना संग बिवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त
मगर संस्कृति र संस्कारलाई देखाउने फिल्म 'घरज्वाइँ' मा दयाहाङ राईलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको छ। मिरुनालाई विवाह गर्न उनले घरज्वाइँ बस्नु पर्ने शर्त स्वीकार गर्लान कि नगर्लान फिल्म रिलिज नै प्रतीक्षा गर्नु पर्ने देखिन्छ।
‘मीराः स्याडो अफ अ रेन्बो’ फिल्मको गीतमा उठाईयो लैंगिकताको बिषय
चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत रिलिज गरिएको छ। एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन...
फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ रिलिज
शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ रिलिज भएको छ। गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानल मार्फत रिलिज गरिएको...
वैशाख १ मा दयाहाङ राई र प्रकृति श्रेष्ठको ‘बिहे पास’
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ आउँदो वर्ष २०८० को वैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ। सामाजिक कथानक फिल्मका रुपमा बताइदै...