टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा स्थापित नारायण कडरिया अब गायकको रुपमा देखा परेका छन्। नारायण कडरियाको समधुर आवाजमा रहेको म्युजिक भिडियो हालै रिलिज गरिएको छ। आफ्नै शब्द संगीत र स्वरमा रहेको ‘जाम पारी पारी’ बोलको गीतको भिडियोमा केकी अधिकारी र नारायणको अभिनय हेर्न सकिन्छ। दुखि बनेकी प्रेमिका केकीलाई नारायणले माया प्रेमले फकाउदै आफ्नै दुनियाँमा लगेको र सुखी जीवनको शुरुवात गरेको म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ। फोटोपत्रकार नबिन बाबु गुरुङले निर्देशन गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी एण्ड टीमले छायांकन र निशान घिमिरेको सम्पादन छ। – भिडियो हेर्नुहोस्
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
गायिका माण्डबी र डा.भामाको ‘आदत’मा प्रियाना आचार्य
लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ रिलिज भएको छ। गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ। रोमान्टिक...
हिन्दी गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा
अभिनेत्री आँचल शर्मा र आरआर खड्काले हिन्दी गीतमा अभिनय गरेका छन्। ‘तेरी मेरी दास्तान’ बोलको गीतमा उनीहरूले अभिनय गरेका हुन्। सियोन श्रेष्ठले कोरियोग्राफी गरेको...
फिल्म ‘प्रसाद–२’ को इन्डक्ल्याप, वैशाख १ गते रिलिज
सुपरहिट फिल्म प्रसादको सिक्वेल फिल्म ‘प्रसाद–२’ को छायांकन सकिएको छ। ३१ दिनमा फिल्मको सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ। सुदर्शन थापाको निर्देशनमा निर्माणाधीन...
पुष्प र केकी, उत्कृष्ट अभिनेता अभिनेत्री – १२ औं छायाँछवि डी सिने अवार्ड
डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको...
दुबईमा अमित र दिप्तिको हजार खुशी
गायिका दिपा लामाको गीत "हजार खुशी"को म्युजिक भिडियो दुबईमा छायांकन गरिएको हो। भिडियो छायाँकन तथा निर्देशन रोहित बिक्रम कार्कीले गरेका हुन्। भिडियोमा मोडल अमित सापकोटा र दिप्ती महतले अभिनय गरेका छन।
सात सुन्दरीहरुको बिच्च बिच्चमा दुर्गेश थापा
"बिच्च बिच्चमा" बोलको गीतले निकै चर्चा कमाएपछि गायक दुर्गेश थापाले "बिच्च बिच्चमा २" रिलिज गरेका छन्। यो पटक उनि सात जना सुन्दरीहरुको बीच्च बीच्चमा देखिएका छन।