फ्लोरमा उत्रियो ‘उदाहरण’ सिनेमा युनिट


Garima-Panta-Photoग्ल्यामर नेपाल, काठमाडौं। माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले गतसाता राजधानीमा शुभारम्भ गरेको चेतनामूलक फिल्म ‘उदाहरण’को छायांकन सोमबारबाट शुरु भएको छ।

फिल्मका कार्यकारी निर्माता तथा पटकथा लेखक डीपी शाह ‘चक्रवर्ती’का अनुसार फिल्मको छायांकन धोबीघाटस्थित मेघा अस्पतालबाट शुभारम्भ गरिएको हो।

उक्त छायांकनमा नायिका गरिमा पन्तलगायत अन्य कलाकारहरु राजेश महत, ऋषिमाया पोखरेल ‘प्रतिक्षा’, कविता घिसिङ, चन्द्रा गौतम र बालकलाकार एनी भट्टराईले अभिनय गरेका छन्। फिल्मको ६० प्रतिशत छायांकन क्यानाडाको टोरन्टोमा हुने निर्माण पक्षले जनाएको छ। फिल्ममा सिमान्त उदास, नीर शाह, भुवन चन्द, डी.पी.शाह ‘चक्रवर्ती’ आदीको समेत अभिनय रहेको छ। अशु अशेष गिरीको कथा तथा निर्देशन रहेको फिल्ममा सचिन गिरीको संगीत र श्रीकृष्ण फुँयालको छायांकन रहेको छ।
udaharan-nepali-movie-stills

SUBSCRIBE 👉