तनु श्री: नाना पाटेकरले मलाई बेस्सरी च्याप्ने कोसिस गरे, इन्टिमेट सिन गर्न जिद्दी गरे


तनु श्री दत्ताले फेरि एकपटक पुरानो मुद्दा उठाएकी छन्। वर्षौंपहिले एक फिल्मको सुटिङका क्रममा नाना पाटेकरसँग उनको विवाद भएको थियो। ‘त्यति बेला नानाले मलाई अभद्र व्यवहार मात्रै गरेनन्, उनले मलाई बेस्सरी च्याप्ने कोसिस गरे’, उनले भनिन्। तनु श्रीले फेरि त्यही घटना दोहोर्‍याएकी छन्। उनले एक अन्तर्वार्ताका क्रममा नानामाथि आरोप लगाउँदै भनिन्, ‘नानाले घटिया काम गरे। मसँग फिल्ममा इन्टिमेट सिन गर्न जिद्दी गरे।’

तनु श्रीले भनिन्, ‘फिल्म साइन गर्दा उनले यस्ता दृश्यका बारेमा बताएका थिएनन्। मेरो कान्ट्र्याक्टमा पनि यस्तो केही थिएन। एक दिन मेरो एकल सुटिङ थियो, तर त्यहाँ नाना उपस्थित थिए। जब मैले फिल्मका निर्माता, निर्देशकसँग नाना यहाँ किन उपस्थित छन् भनेर सोधेँ; त्यसपछि उनले मलाई समातेर आफूतिर ताने। नानाले मलाई डान्स सिकाउन सुरु गरे। मसँग टाँसिने प्रयास गरे। त्यति बेला मात्रै मलाई नानासँग इन्टिमेट सिन भएको जानकारी गराइयो।’

तनु श्रीका अनुसार नानाले महिलालाई सधैं सताउने काम नै गरे। ‘एक अभिनेत्रीलाई मारेका पनि छन्। यो कुरामा फिल्म इन्डस्ट्रीका धेरैजना जानकार छन्’, उनले भनिन्। तनु श्रीको यो आरोपले फेरि एकपटक माहोल तातेको छ।

SUBSCRIBE 👉