दीपकराज गीरीले छोयो कि बिहे !


अभिनेता तथा निर्माता दीपकराज गिरीसँग अनस्क्रिन रोमान्स गर्ने अभिनेत्रीहरूको जीवनमा रमाइलो परिवर्तन आएको पाइएको छ। दीपकसँग अभिनय गर्ने अविवाहित अभिनेत्रीहरूको फटाफट विवाह भैरहेको छ भने केही अभिनेत्री विवाहको तयारीमा छन्। वडा नम्बर ६ तथा छक्का पञ्जामा अभिनय गरेकी प्रियंका कार्की यही असारमा आयुष्मान देशराज जोशीसँग लगनगाँठो कस्दैछिन्।

छक्का पञ्जामा दीपकराजकै श्रीमतीको भूमिका निर्वाह गर्ने वर्षा राउतको अभिनेता संजोग कोइरालासँग विवाह नै भैसकेको छ। छक्का पञ्जा–३ की अभिनेत्री दीपिका प्रसाईंले पनि निर्देशक दीवाकर भट्टराईसँग विवाह गरिसकेकी छिन्। अपवादका रूपमा नीता ढुंगाना मात्र बाँकी छिन्। छ एकान छ कि यी अभिनेत्री हालसम्म सिंगल छिन्। नयाँ चलचित्र छ माया छपक्कैमा दीपकराजले केकी अधिकारीसँग अनस्क्रिन रोमान्स गर्दैछन्।

अघिल्लो साता आयोजित चलचित्र घोषणा सभामा केकीलाई दीपकसँग जोडिएपछि विवाह हुने सम्भावना बढ्छ नि ? भन्ने जिज्ञासा नै राखियो। जवाफमा केकी लजाइन् मात्र। दीपाश्री निरौलाले भने मुखै खोलेर भनिदिइन् – ‘अहिले हाम्रो उद्देश्य नै दीपकसँग जोडी बाँधेर अविवाहित हिरोइनको विवाह गराउने भैरहेको छ। दीपकसँग जोडी बाँधिदिएपछि हिरोइनहरूको विवाह भैहाल्छ। अब केकीको पनि बिहे होला कि ?’ – कान्तिपुर साप्ताहिक

SUBSCRIBE 👉