ओझेलमा अर्की नम्रता


namrata-sapkota

ग्ल्यामर नेपाल । फिल्मवृत्तमा नम्रता श्रेष्ठको हाईहाई छ तर नम्रता नामकै अर्की हिरोइन भने गुमनाम बनेकी छिन्। उनी हुन्, अघिल्लो वर्ष रिलिज भएको फिल्म अन्तरालकी हिरोइन नम्रता सापकोटा। जबकी सोही फिल्मबाट अभिनय यात्रा थालनी गरेकी अर्की नायिका अशिष्मा नकर्मीले करिब आधा दर्जन फिल्ममा अभिनय गर्न भ्याईसकिन् तर नम्रता कुनै निर्देशक/निर्माताको आँखामा पर्न सकेकी छैनन्। भन्छिन्, “फिल्मका लागि कुरा त भइरहेको छ तर अफिसियलरुपमा अनुबन्ध भइसकेकी छैन्।”

त्यसैले केही समयता फेसबुकमा फोटो अपलोड गर्नुबाहेक उनको अरु खासै सक्रियता देखिएको छैन्। उसो त अन्तरालमा उनले गरेको अभिनयको तारिफ नभएको पनि होइन्। अनुप बरालसँग सिकेको अभिनय कौशललाई फिल्ममा देखाएकी थिइन् तर पनि उनको फिल्मी करिअर अगाडी बढ्न सकेको छैन्। भाग्यभन्दा धेरै र समयभन्दा पहिले केही पाइँदैन भनेको पनि यही होला सायद । बिचरी नम्रता !

SUBSCRIBE 👉