थाइल्याण्डमा रोमान्स गर्दै जीवन र चाँदनी (भिडियो)


jiwan-luitel-stupid-mann

ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेता निरज बरालले पहिलोपटक निर्माण गरेको फिल्म ‘स्टुपिड मन’को शीर्ष गीत सार्वजनिक भएको छ। थाइल्याण्डको फुकेटमा छायांकन गरिएको ‘स्टुपिड मन’ बोलको गीतमा नायक जीवन लुइटेल र नवनायिका चाँदनी शर्माको रोमान्स हेर्न पाइन्छ।

फिल्मका निर्देशक दिवाकर भट्टराईको शब्द रहेको गीतमा अञ्जु पन्त र सनुप पौडेलले स्वर दिएका छन् भने अर्जुन पोखरेलले गीतमा संगीत भरेका छन्। गीतमा कविराज गहतराजको कोरियोग्राफी छ। विवके शाही समेत निर्माता रहेको फिल्मको पटकथा र संवाद सामिप्य तिमिल्सिनाको रहेको छ। फिल्मका छाँयाकार सञ्जय प्रधान हुन्।
stupid-mann-video-song-image

SUBSCRIBE 👉