ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म रिलिज गर्नु अघि निर्देशक वा निर्माता भन्छन्,’यो फिल्म चलेन भने म फिल्म क्षेत्र छोडेरै अन्य व्यवसाय गर्छु।’ उनीहरु कस्तो व्यवसाय गर्छन् त्यो चाहिा भन्दैनन्। तर राजधानीमा मंगलबार आयोजित फिल्म ‘लोग्ने मान्छे’ को घोषणा कार्यक्रममा निर्देशक लय संग्रौला भने अपवादको रुपमा निस्किए। ‘फिल्म चलेन भने म चाहिा कालीमाटीको तरकारी ल्याएर बेच्छु, फिल्म लाइनै छाडिदिन्छु।’ निर्देशक संग्रौलाले यसो भनिरहादा कार्यक्रममा उपस्थिति अतिथि र पत्रकारमा हाासोको पर्रा छुट्यो।
बन्धु फिल्मस्को व्यानरमा प्रदीप मित्तल प्रस्तुतकर्ता रहेकेा फिल्मका निर्देशक संग्रौलाले फिल्मले लोग्ने र स्वास्नीबीचकेा नातालाई सदैव शंकालु बनाएर परिवारको सुख र शान्तिलाई प्रश्नवाचक बनाउने प्रवृद्धि विरुद्ध एउटा पत्नीले आफ्नो पतिसाग गरेको तार्किक विद्रोहलाई प्रस्तुत गर्ने बताए। ‘उमेरमै लोग्नेले आफू माथि ठगी गरेर नारीको हैसियतलाई मानहानी गरेको घटनाको संग्रह फिल्ममा रहनेछ।’ उनले भने।
दिलिप रायमाझी, नन्दिता केसी, अनिशा गुरुङ, बालदीप राई, ध्रुव कोइराला, संगीत लिम्बु, लय संग्रौला र केशव भट्टराईको अभिनय रहने फिल्मको कथा, पटकथा, संवाद र गीत सबै संग्रौलाले नै लेखेका छन्। फिल्मका प्रमुख निर्माता प्रदीप मित्तल हुन् भने सह निर्मातामा मदनगोपाल सुब्बा रहेका छन्। चेतन सापकोटाको संगीत रहने फिल्ममा स्वरुपराज आचार्य, दीपक लिम्बु, माण्डवी त्रिपाठी, इन्दिरा जोशी र अञ्जु पन्तको स्वर, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व र कृष्ण श्रेष्ठको छायांकन रहनेछ।
झापामा साउन २२ गते फिल्मको मुहुर्त गरी फ्लोरमा जाने फिल्म झापा, काठमाडौं र पूर्वका रमणीय स्थलमा सुटिङ गरिनेछ।