सम्बोधनको ट्रेलर र गीत सार्वजनिक(भिडियो)


Sambodhan-Movie
ग्ल्यामर नेपाल, काठमाडौं । राजनीति र समाजलाई फ्युजन गरेर निर्माण गरिएको फिल्म ‘सम्बोधन’ को हल ट्रेलर र एक गीत सार्वजनिक भएको छ । आगामी भदौ ६ गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलर र गीत आइतबार राजधानीमा सार्वजनिक गरिएको हो । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सरोज न्यौपानेले निर्माण गरेको फिल्मका लेखक तथा निर्देशक हेमराज बिसी हुन् । बिसीले यसअघि सफल फिल्म ‘होस्टेल’को निर्देशन गरेका थिए। नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा आयोजित ट्रेलर र गीत सार्वजनिक कार्यक्रममा उनले नेता तथा सरकारको चाकडी छाडेर केही व्यवसाय गर्न युवालाई आग्रह गरे ।

फिल्ममा नम्रता श्रेष्ठ, दयाहाङ राई, विनय भट्ट, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन् । विनय त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति हुन् । उनले र दयाहाङले फिल्ममा जासूसको भूमिकामा अभिनय गरेका छन् भने नायिका नम्रता क्राइम रिर्पोटरका रुपमा प्रस्तुत भएकी छन् । रेड रोज इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्मित फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन, जयन जेको संगीत र रामेश्वर कार्कीको छाँयाकन रहेको छ । ‘सम्बोधन’ रिलिजकै दिन नम्रता अभिनित अर्को फिल्म ‘ताण्डव’ पनि प्रदर्शन हुँदैछ ।
Sambodhan-Song

SUBSCRIBE 👉