‘लंका २’ मा सहकार्य गर्दै छवि–श्याम


Chabi-Shyam
ग्ल्यामर नेपाल, काठमाडौं । २०६९ मा हिट भएको फिल्म ‘लंका’को सिक्वेल भन्ने ‘लंका २’ बन्ने भएको छ । श्याम भट्टराईले निर्देशन गरेको फिल्मको सिक्वेल निर्देशनको जिम्मा श्यामले नै पाएका छन् भने निर्माताका रुपमा छविराज ओझा रहनेछन्। फिल्म ‘हिम्मतवाली’ सुटिङताका निर्मात्री तथा नायिका रेखा थापाले निर्देशनबाट हटाएपछि चर्चामा आएका भट्टराईले थापाकै पूर्व पति छविसँग सहकार्य गर्न लागेका हुन् । निर्देशक भट्टराईका अनुसार तिहार पछि ‘लंका २’ फ्लोरमा जानेछ ।

अघिल्लो फिल्ममा रेखा प्रमुख भूमिकामा अभिनय गरे पनि सिक्वेलमा भने उनको अभिनय सम्भावना करिब सकिएको छ किनकी छवि र श्याम दुवैसँग रेखाको सम्बन्ध राम्रो छैन् । स्रोतका अनुसार ‘लंका २’मा नायिका शिल्पा पोखरेलको अभिनय सम्भावना बलियो छ । छविकै फिल्म ‘लज्जा’बाट रजतपटमा डेब्यु गरेकी शिल्पाले छविकै अर्को फिल्म ‘हवल्दार सुन्तली’मा प्रमुख भूमिकामा अभिनय गरेकी छन् । फिल्म ‘लज्जा’ कार्तिक ७ र ‘हवल्दार सुन्तली’ चैत्र २८ मा रिलिज हुँदैछ । फिल्मका अन्य कलाकार भने फाइनल हुन बाँकी रहेको निर्देशक भट्टराईले जनाए ।

SUBSCRIBE 👉