
ग्ल्यामर नेपाल, काठमाडौं । धर्मले जात र सम्प्रदायलाई छुँदैन भन्ने उदाहरण अभिनेता आर्यन सिग्देलले प्रस्तुत गरेका छन्। देशदेखि विदेशसम्मका मुस्लिम समुदायका मानिसहरुले उनीहरुको महान चाड ‘इद उल फित्र’ मनाईरहँदा आर्यनले पनि मुस्लिम समुदायका आफ्ना साथी हसन खानसँग इद मनाएका छन् ।
हसनले निर्माण गरेको फिल्म ‘अलबिदा’ युनिटसँगै आर्यनले पनि इद मनाएका हुन् । फिल्ममा आर्यन प्रमुख भूमिकामा देखिएका छन् । फिल्मका अभिनेतासमेत रहेका खानले आफ्नो निवासमा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्मका युनिट लगायत नजिकका साथीभाईहरुलाई बोलाई खुसी साटेका थिए । कार्यक्रममा सहभागी हुन केही सञ्चारकर्मीसमेत पुगेका थिए ।
