पुनर्जन्ममा देखियो आर्यनको निराशपन(भिडियो)


Punarjanma-Movie
ग्ल्यामर नेपाल, काठमाडौं । एम के इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘पुनर्जन्म’को पहिलो सर्ट ट्रेजर सार्वजनिक भएको छ । ट्रेजरमा फिल्मका नायक आर्यन सिग्देललाई पानीसित खेल्दै निराश भएको देख्न सकिन्छ ।

फिल्ममा आर्यन र नायक गजित विष्टले आर्मीको भूमिकामा अभिनय गरेका छन् । यसबाहेक सुस्मिता शाही र मिथिला शर्माको पनि यसमा अभिनय रहेको छ । सजन श्रेष्ठले निर्देशन गरेको फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठ र भद्रबहादुर शाही हुन् । धेरै फिल्ममा सम्पादन र सहनिर्देशनको अनुभव लिईसकेका सजनको यो डेब्यु निर्देशन फिल्म हो ।

फिल्म हाल पोष्ट प्रोडक्सनमा रहेको छ । सुदर्शन श्रेष्ठको कथा, बसन्त सापकोटा र जयन्त शर्माको संगीत, अष्ट महर्जनको द्वन्द्व रहेको फिल्ममा शिव ढकाल र नवराज थापाको छायांकन रहेको छ।

SUBSCRIBE 👉