
ग्ल्यामर नेपाल, काठमाडौं । आगामी भदौ २० गतेबाट रिलिज हुन लागेको फिल्म ‘स्टुपिड मन’को तेस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएका दुई गीत श्रोता तथा दर्शकले मनपराइदिएपछि फिल्म युनिटले अर्को गीत सार्वजनिक गरेको हो ।
‘झुकेको नजर’ बोलको गीतमा फिल्मका नायक तथा निर्माता निरज बराल र नवनायिका रिजु श्रेष्ठको रोमान्स हेर्न पाइन्छ । करणराज कार्कीको शब्द, संगीत र स्वर रहेको गीतमा थाइल्याण्डका सुन्दर दृश्य हेर्न सकिन्छ । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा जीवन लुँइटेल र चाँदनी शर्माले पनि अभिनय गरेका छन् । पत्रकार सामीप्य तिमिल्सिनाको पटकथा र संवाद रहेको फिल्मका छाँयाकार सञ्जय लामा हुन् ।
