‘माइतीघर’को पावरफूल ट्रेलर: त्रिकोणात्मक प्रेम, द्वन्द्व र कमेडी

त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलरले फिल्ममा हास्य र भावनात्मक दुवै पक्षलाई समेटिएको देखाउँछ।


दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गते फूलपातीको दिन देखि रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर रिलिज गरिएको छ। पारिवारिक कथामा बनेको फिल्मको पावरफूल ट्रेलरमा कमेडी, प्रेम, विछोड, संस्कृति देखाईएको छ।

रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मको ट्रेलरमा कलाकार केदार प्रसाद घिमिरेको कमेडी बलियो देखिएको छ। फिल्मले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ।

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय छ।

रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल फिल्मका कार्यकारी निर्माताको हुन्। रामशरण पाठकको लेखन रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ। फिल्मका सह–सम्पादक अंकित तिवारी हुन्।

स्वर्गीय जयदेवको संगीत रहेको फिल्ममा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर, अष्ट महर्जनको एक्सन छ।

दशैंको समयमा पारिवारिक कथा निकै चल्ने भएकाले पनि दर्शकका लागि यो फिल्म ट्रेलर सार्वजनिक भएपछि अझै प्रतिक्षित बन्ने देखिएको छ। फिल्मको शीर्ष गीतले दर्शकको मन जितिसकेको छ।

SUBSCRIBE 👉