अमेरिकाबाट गायक रुजन सिवाकोटीको नयाँ गीत चञ्चले आँखा…

गायक रुजनलाई यो गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन्। सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका हुन्।


गायक रुजन सिवाकोटीले नयाँ गीत ‘चञ्चले आँखा…’को भिडियो अमेरिका बाट रिलिज गरेका छन्। अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापा, नेपाल का गायक रुजनलाई यो गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन्। सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका हुन्।

सुनिल क्षत्री आफैले निर्देशन गरेको भिडियोमा सुनिल र नायिका केकी अधिकारीको नृत्य आकर्षक छ। भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको हेर्न सकिन्छ।

मेलोडीएस यो गीत अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रुजनले रेकर्ड गरेका हुन्। डीपी खनालले लेखेको गीतमा देवेन्द्र बरालको संगीत सुन्न सकिन्छ। गीतमा विषम आचार्यले संगीत संयोजन र कुमार केसीले मिक्सिङ गरेका छन्।

SUBSCRIBE 👉