अमेरिकामा दिपक दीपाले गरे ब्युटी सैलुनको उद्घाटन

‘छक्कापञ्जा युएसए कमेडी टुर’ मा रहेका दिपक दीपाले गरे सुरेन्द्र ठाकुरको ब्युटी सैलुनको उद्घाटन


Deepak Raj Giri & Deepa Shree Niraula wearing Nepali Dhaka Topi (cap)

Deepak Raj Giri & Deepa Shree Niraula

कलाकार दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला अमेरिका टुरमा छन्। ‘छक्कापञ्जा युएसए कमेडी टुर’ लिएर केही दिन अघि अमेरिका पुगेका उनीहरुले शनिबार टेक्सासमा आयोजित एक कार्यक्रमका बिच सुरेन्द्र ठाकुरको ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलुन’ टेक्सासको उद्घाटन गरे। उद्घाटनमा उनीहरुलाई कलाकार महादेव त्रिपाटीले साथ दिएका थिए। उद्घाटनापछि कलाकार दिपक दिपाले आफ्नो हेयर कटिङ तथा कलरिङ समेत गरे।

सुरुमा ललितपुरको कुमारीपार्टीमा संचालनमा आएको यो सैलूनको पहिलो शाखा काठमाडौँ सुन्धारास्थित सिभिल महलमा संचालनमा आएको थियो। त्यसपछि अमेरिकाको टेक्सासमा शाखा बिस्तार गरेको हो। उद्घाटन भएको सैलुन अमेरिकाको दोस्रो ब्रान्च हो।

सुरेन्द्र २५ बर्षदेखि यो पेसामा आवद्ध छन्। महिला तथा पुरुषको कपाल काट्नुको अलवा कलरिङ र मसाजमा समेत सक्रिय सुरेन्द्रलाई उनकी श्रीमती सुनिता ठाकुरले साथ दिदै आएकी छन्। सैलूनको अमेरिकामा खुलेको पहिलो शाखाको उद्घाटन अभिनेता राजेश हमालले गरेका थिए। उद्घाटनको सम्पुर्ण ब्यवस्थापन कलाकार त्रिपाटीले नै गरेका थिए।

दिपक दिपाले ‘छक्कापञ्जा कमेडी टुर’ अन्तर्गत पहिलो हालै प्रस्तुति टेक्सासनमा आयोजित ‘मम फेसिटभल २०२५— दशैँ तिहार मेला’मा दिएका थिए। जसमा उनीहरुको साथमा हास्यकलाकार जीतु नेपालको कमेडीको अलवा गायक गायिका प्रेमराजा महत, अस्मिता अधिकारी, महेश काफ्ले लगायतको सांगीतिक प्रस्तुति रहेको थियो।

SUBSCRIBE 👉