मलेशियामा छायांकन गरिएको गीत ‘लहर झैँ’मा रमाउँदै सरिता भारती

मलेशियाको समुन्द्र किनार देखि विभिन्न स्थलमा छायांकन गरिएको ‘लहर झैँ’ गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा मोडल सरिता भारतीले अभिनय गरेकी छिन्।


Model - Singer Sarita Bharati Photo

Model / Singer Sarita Bharati

गीतकार डब्बु क्षत्रीको रचनामा नयाँ गीत ‘ लहर झैँ… ’ दर्शकमाझ आएको छ। गायिका बेनिसा पौडेलको स्वर रहेको पप शैलीको यो गीतमा जुगल डंगोलले संगीत भरेका हुन्।

विलक्षण क्रियसनले निर्माण गरेको गीतको भिडियो ‘एसबी क्रिसेसन नेपाल युट्युव च्यानल’बाट रिलिज गरिएको हो। मलेशियामा छायांकन गरिएको गीतको भिडियो निर्देशन गीतकार डब्बु क्षत्रीले गरेका हुन्।

गीतमा एउटा युवतीको उत्साह, ती युवतीको स्वतन्त्रता र चरी झैँ उडन चाहने उनका चाहनाहरुलाई प्रस्तुत गरिएको छ। भिडियोमा मोडल एवम् गायिका सरिता भारतीले अभिनय गरेकी छिन्।

मलेशियाको समुन्द्र किनार देखि विभिन्न रमणीय स्थलमा यो भिडियोलाई यात्रा शैलीमा छायांकन गरिएका यसका छायांकन एवम् फोटो पत्रकार बद्री थापाले बताए। गीतको सम्पादन तथा रंग संयोजन बीरेन्द्र भाट ‘बिपिन’ले गरेका हुन्।

गीतकार डब्बु क्षत्रीका अनुसार ‘लहर झैँ सागरमा नाच्न मन लाग्यो,हाँस्दै खेल्दै रमाउँदै बाँच्न मन लाग्यो….’ बोलको यो गीतले एक किशोरीको स्वतन्त्रतालाई प्रस्तु्त गरेको छ। युवतीहरुले स्वतन्त्र रुपमा सपना देख्नु पर्छ र त्यो सपनालाई पुरा पनि गर्नु पर्छ भन्ने उदेश्यले यो गीत बनाईएको हो।

SUBSCRIBE 👉