
कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को निर्माण टिमले प्रचारप्रसार व्यापक रुपमा गर्न थालेको छ। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पुर्वका अधिकांश ई-रिक्साका साथै अटो ‘मैझारो’ मय भएको छ। ई-रिक्साका साथै अटोमा ‘मैझारो’का पोस्टरहरु झुण्डिएका छ।
हास्य कलाकार, निर्देशक तथा निर्माता विल्सन विक्रम राई आफ्नो डेब्यु निर्देशकिए फिल्मलाई दर्शकमाझ पुर्याउन कसिएर लागेका छन्। उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिदैछन्। उनीसँग राई इज किङ गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङका साथै फिल्मका मुख्य कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।
‘फिल्म मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’ उनले भने, ‘दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ। यो नौलो तरिका पनि हो।’
यसअघि यो फिल्मको पोस्टर, दुई वटा गीत र टिजरले दर्शकको मन जिति सकेको छ। तर निर्देशक यतिप्रसारमा नपुग्ने भन्दै उनी सांगितिक कार्यक्रममार्फत आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन होमिएका हुन्।
निर्देशक राईकै लगानी र लेखन रहेको यस फिल्मले मौलिक प्रेम कथालाई बोल्ने छ। फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ।
भिडियो हेर्नुहोस: फिल्म ‘मैझारो’को गीत ‘साकेला नाचौ’
भिडियो हेर्नुहोस: तक्मेबुढाको त्रिकोणात्मक प्रेम कथामा धिरज, मिरुना र दिया
