यूएई, कतार र जापानमा कसले किन्यो ‘परिवर्तन’को प्रदर्शन अधिकार?

देश परिवर्तनको सन्देश बोकेको फिल्म ‘परिवर्तन’को विदेशी प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। फिल्मको टिजर रिलिज भए सँगै यूएई, कतार र जापानमा फिल्मको प्रदर्शन अधिकार विक्री भएको छ।


निर्देशक बिजय केरुङ निर्देशित नेपाली फिल्म ‘परिवर्तन’ विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन्। टिजर रिलिज भए सँगै यूएई, कतार र जापानमा फिल्मको प्रदर्शन अधिकार विक्री भएको छ। कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको छ भने जापानको लागी युना इन्टरटेनमेन्टले किनेको छ।

फिल्मको प्रदर्शन अधिकार जापान, यूएइ र कतारमा विक्री भइसकेको र अन्य देशका लागि समेत कुराकानी भइरहेको बताए। ‘अहिले तीन देशमा फिल्मको अधिकारिक विक्री भइसकेको छ। अन्य देशमा पनि कुराकानी भइरहेको छ। सायद केहि दिनमा नै यसबारेमा जानकारी दिनेछौ,’फिल्मका निर्माता दीपक सिवाकोटीले बताए।

विदेशी बजारमा अधिकार बिक्री भएसँगै ‘परिवर्तन’ प्रति दर्शक र वितरकको उत्साह बढेको छ। निर्देशक केरुङका अनुसार यो फिल्मले नेपाली सिनेमालाई नयाँ स्तरमा पुर्याउन प्रयास गर्नेछ। देश परिवर्तनको सन्देश बोकेको फिल्म ‘परिवर्तन’को टिजरमार्फत दर्शकले बुझिसकेका छन्।

निर्माण पक्षले केहि दिनअघि फिल्मको टिजर सार्वजनिक गरेको थियो। फिल्मले देशमा भएको विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देशका बारेमा सोच्ने बेला भएको सन्देश दिएको छ।

फिल्ममा अभिनेता सुशिल श्रेष्ठलाई एक्सन हिरोको रुपमा देखाईएको छ। टिजर रिलिज पछि उनको चर्चा चुलिएको छ। यो फिल्ममा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे,सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।

SUBSCRIBE 👉