‘मुगलान’ टिजर: आर्थिक अभाव झेलेका युवाको संघर्ष

रिहान प्रोडक्सनको ब्यानरमा बनेको प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको छ।


Prabhat Pal and Smarika Dhakal appear together in a teaser scene from their upcoming movie releasing on December 25.

Actors Prabhat Pal and Smarika Dhakal in a scene from the teaser. film is set to release on December 25.

प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म ‘मुगलान’ टिजर रिलिज भएको छ। परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि गरेको एक संघर्षलाई फिल्मको टिजरमा उतारिएको छ।

टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन्। उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई उजागर गर्छ।

रिहान प्रोडक्सनको ब्यानरमा बनेको ‘फिल्म आगामी पुष १० गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको छ। यो फिल्ममा प्रभात पाल र स्मारिका ढकाल संगै फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

‘मुगलान’को फर्स्ट लुक पोस्टर रिलिज संगै प्रदर्शन मिति घोषणा

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह रहेका छन्। यो फिल्मको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। फिल्ममा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।

फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहेका छन्।

SUBSCRIBE 👉