शोभितको ‘पी.आर.’ अष्ट्रेलिया र न्युजल्याण्डमा पनि सोल्टआउट

शोभित बस्नेत निर्देशित फिल्म फिल्म ‘पीआर’ को अष्ट्रेलिया र न्युजल्याण्ड प्रदर्शन अधिकार सोल्ड आउट भएको छ।


मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। फिल्मलाई त्यहाँका मि.श्रेष्ठ प्रोप्राइत्री लिमिटेड तथा श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको हो। कम्पनीका सञ्चालक विजेन्द्र श्रेष्ठले अष्ट्रेलिया र न्युजल्याण्डमा प्रदर्शनकालागि खरिद गरेको बताए।

यतिबेला निर्देशक बस्नेत यो फिल्मको प्रमोसन र त्यहाँको हलमा फिल्म रिलिजका लागि अष्ट्रेलियामा नै रहेका छन्। उनी यतिबेला अष्ट्रेलियामा नै फिल्मको प्रमोसनमा लागिरहेका छन्।

यो फिल्म अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो समेत गरिएको थियो। शो हेरेका अधिकांश दर्शकले फिल्म राम्रो बनेको भन्दै फिल्म र निर्माण पक्षको प्रशंसा गरेका थिए।

शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।


ALSO READ: आशिष इन्टरटेन्मेन्टले खरिद गर्यो चलचित्र ‘मिरमिरे’को मिडल इस्ट प्रदर्शन अधिकार


SUBSCRIBE 👉