चलचित्र ‘कुमारी’को रोमान्टिक गीत – तिमी बिना …

गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। चलचित्रका युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण दृश्यले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ।


प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को नयाँ गीत ‘तिमी बिना …’ रिलिज गरिएको छ। सुमन तामाङ र केहर सिं लिम्बुले सङ्गीत भरेको गीतमा सुमनको शब्द र केहरको स्वर सुन्न सकिन्छ।

गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। चलचित्रका युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण दृश्यले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ। यसअघि सार्वजनिक भएको गीत ‘कता छौ मेरो फूल …’को सफलतापछि नयाँ गीतप्रति पनि दर्शकले उत्तिकै चासो दिने अपेक्षा गरिएको छ।


चलचित्र ‘कुमारी’को रोमान्टिक गीत – तिमी बिना … हेर्न यहाँ क्लिक गर्नुहोस


‘आइ एम सरी’, ‘नोभेम्बर रेन’‘क्लासिक’ जस्ता प्रेमकथात्मक चलचित्रबाट चिनिएका निर्देशक दिनेश राउतले निर्देशन गरेको यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। पछिल्ला वर्षमा ‘प्रसाद’, प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि राउत ‘कुमारी’ मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्।

यो चलचित्र माघ २३ गते अल नेपाल रिलिज हुदैछ।


दिनेश राउत निर्देशित प्रदिप खड्का अभिनित फिल्म प्रकाश हेर्नुहोस्
WATCH ONLINE FULL MOVIVE – PRAKASH


SUBSCRIBE 👉