‘राम नाम सत्य’को दमदार ट्रेलर: एक्सन, प्रेम र सस्पेन्सले भरियो चर्चा

फिल्म ‘राम नाम सत्य’को एक्सन, प्रेम र सस्पेन्सले भरिएको ट्रेलर सार्वजनिक भएको छ। विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीको अभिनयले भरिएको ट्रेलरले दर्शकमा उत्साह बढाएको छ।


नयाँ बर्षको छेकोमा सोलो रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’को सस्पेन्स, प्रेम र एक्सनले भरिएको ट्रेलर रिलिज गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा माइकल चन्दको कथा, पटकथा र लेखन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद छ। यस्तै, नायक सुशील श्रेष्ठ र नायिका दिव्या रायमाझीको प्रेम, विराज र सुशीलविचको एक्सन ट्रेलरमा समावेश छ। फिल्ममा नव नायक आयुष सिंह ठकुरीको भूमिका विशेष छ। उनको सस्पेन्स भूमिका दर्शकका लागि उत्सुकता जगाउने खालको छ। नव नायिका खुशी कार्कीले नायक भट्टसँग नृत्य गरेको ‘हुम्लाको सिमी’ बोलको गीत अहिले चर्चामा छ। यो ट्रेलर साहिल खानले तयार पारेका हुन्।

सुशील र दिव्याको प्रेमदेखि विराजको एक्सनसम्म, ‘राम नाम सत्य’ ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्यक्रममा बोल्दै नायक विराज भट्टले भने ‘यो फिल्ममा एक्सन मात्र छैन। फिल्ममा प्रेम, सस्पेन्स, पारिवारिक कथा सबै छ। दर्शकले यो फिल्मलाई मन पराउनुहुन्छ भन्ने मलाई लागेको छ।’ फिल्मलाई लिएर नायक सुशील श्रेष्ठ, नायिका दिव्या रायमाझी र सुपुष्पा भट्टले पनि उत्साह व्यक्त गरे।

निर्देशक माइकल चन्दले कार्यक्रममा भने ‘५ बर्षदेखि यो फिल्मको कथामा मैले काम गरिरहेको थिएँ। फिल्मलाई दर्शकको रोजाइको बनाउनका लागि कुनै पनि कसर बाँकी राखेका छैनौं।’

फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दिपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरुको अभिनय छ । यस्तै, फिल्ममा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट बाल कलाकारको रुपमा छन्।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ। फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन्। यस्तै, फिल्ममा तेजराज चटौत र दमन बहादुर चन्द सह-निर्माताको रुपमा छन्।

मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्यूसरको रुपमा छन्। काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत छ।

मानकृष्ण महर्जनको डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्यूजिक छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा शेर बहादुर लामाको छायांकन छ। सुनिल राई आर्ट निर्देशक रहेको फिल्ममा नविन जंग शाही, विशाल विमली र पूजन लामिछाने कास्टिङ डिरेक्टरको रुपमा छन्। अभिमन्यू निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट कन्सलट्यान्ट हुन्।

यो पनि पढ्नुहोस्: नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति

SUBSCRIBE 👉