
Rajesh Hamal and Karishma Manandhar
नेपाली सिनेमा जगतका चर्चित कलाकार राजेश हमाल र करिश्मा मानन्धरले अभिनय गरेको नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’को भिडियो रिलिज गरिएको छ। गीतमा प्रतिक्षा गुरुङको स्वर छ भने शब्द एकनारायण भण्डारीले लेखेका हुन्। संगीत दिपक शर्माले दिएका छन् भने एरेन्ज नरेन्द्र बियोगीले गरेका छन्।
भिडियोको सुरुवातमै राजेश हमाल र करिश्मा मानन्धरबीचको संवाद समावेश गरिएको छ, जसले भिडियोमा थप आकर्षण थपेको छ। भिडियोका निर्माता खिम बहादुर थापा हुन् भने निर्देशन देवेन्द्र पाण्डेले गरेका छन्।
यो पनि पढ्नुहोस्: बालेन्द्र शाहको सम्पत्ति खुलासा पछि सेलिब्रिटी समर्थन, आलोचनालाई जवाफ
निर्देशक पाण्डेले यसअघि पनि राजेश हमालसँग धेरै म्युजिक भिडियोमा सहकार्य गरिसकेका छन्। रोचक कुरा के छ भने, एक समय उनी हमालको पछाडि कोरसमा नाच्ने कलाकार थिए, अहिले भने सफल निर्देशकका रूपमा स्थापित छन्।
निर्देशकका अनुसार यो भिडियो केही समयअघि, निर्वाचनअघि नै छायांकन गरिएको थियो, तर अहिले मात्र सार्वजनिक गरिएको हो। यसअघि पनि करिब तीन वर्षअघि राजेश र करिश्मालाई लिएर देवेन्द्र पाण्डेले अर्को म्युजिक भिडियो निर्देशन गरेका थिए।
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन बिकाश दाहाल ले गरेका हुन्।
‘नाँच्छु रोधी घरैमा’को भिडियो हेर्नुहोस्
