सुरक्षा पन्त र निमेष श्रेष्ठको ‘लाइफ ड्यामेज’बाट फन-फ्यान्टासी गीत

फ्यान्टासी कमेडी ड्रामा ‘Life Damage’को डान्सिङ्ग नम्बर ‘Beauti फुलम’ सार्वजनिक। एसडी योगीको संगीत र सुरक्षा पन्त–निमेष श्रेष्ठको अभिनय रहेको सार्वजनिक गीतमा नयाँ स्वादको झल्को।


Surakshya Panta and Nimesh Shrestha

फ्यान्टासी र कमेडीको मिश्रण बोकेको नयाँ नेपाली चलचित्र ‘लाइफ ड्यामेज’ (Life Damage) रिलिजअघि नै चर्चामा आउन थालेको छ। फिल्म निर्माण टिमले फिल्मको पहिलो डान्सिङ्ग नम्बर काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरेको छ।

सार्वजनिक गीतमा चर्चित संगीतकार एसडी योगीको संगीत, आदर्श सुशीलको शब्द रचना र एसडी योगी तथा रेश्मा पुनको स्वरले ऊर्जा थपेको छ। गीतलाई नृत्य निर्देशक किरण थापाले आकर्षक ढंगले कोरियोग्राफी गरेका छन्, जसले भिडियोमा थप चमक दिएको छ।

यस फिल्ममार्फत कन्टेन्ट क्रियटरका रूपमा चिनिएका निमेष श्रेष्ठले निर्देशनमा डेब्यु गरेका छन्। उनले फिल्ममा अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर पनि गरेका छन्, जसले दर्शकका लागि नयाँ जोडीको अनुभव दिनेछ।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा सुरक्षा पन्त र निमेष श्रेष्ठसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ।


‘लाइफ ड्यामेज’ को गीत
‘Beauti फुलम’ हेर्न यहाँ क्लिक गर्नुहोस्।


फिल्मको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा तयार पारेका हुन्। निर्देशक श्रेष्ठका अनुसार ‘लाइफ ड्यामेज’ दर्शकलाई सुरुदेखि अन्त्यसम्म मनोरञ्जन दिने, फरक स्वादको फ्यान्टासी कमेडी ड्रामा हुनेछ।

कार्यक्रममा बोल्दै उनले भने, फिल्म हेरुञ्जेल दर्शकलाई रमाइलो महसुस गराउनेमा आफू विश्वस्त छन्। त्यस्तै, अभिनेत्री सुरक्षा पन्तले पनि फिल्मको आइडिया मन परेकै कारण आफूले काम गर्न सहमति जनाएको बताइन्।

प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको फिल्मलाई देशभर प्रदर्शन गर्ने जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ। सार्वजनिक गीतले फिल्मप्रतिको उत्साह अझ बढाएको छ। यो फिल्म जेठ १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।


यो पनि पढ्नुहोस्:
‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ रिलिज, बिस्टसहित स्टार कास्टको इनर्जेटिक डान्स


SUBSCRIBE 👉