ग्ल्यामर नेपाल, काठमाडौं । अनन्त: नायिका निशा अधिकारीले क्रिकेटर शरद भेष्वाकरसँगको प्रेमको खुलासा गरेकी छिन्। सोमबार साँझ फेसबुक स्ट्यास्ट्स लेख्दै उनले लामो समयदेखि चलेको हल्लालाई पुष्टि गरेकी हुन्। शरदसँगको तस्विर पोष्ट गर्दै लेखेकी छन् – ‘सर्वव्यापी प्रेम, यसलाई मैले शेयर गरें।’ स्मरण रहोस्, निशाले शरदसँगको प्रेम इन्कार गर्दै आइरहेकी थिइन्। तर एकाएक आफैंले फेसबुकमार्फत सार्वजनिक गर्नुलाई अच्चमका साथ हेरिएको छ। प्रेम खुलासा गरेपछी फेसबुकमा निशा र शरदलाई शुभकामना दिनेको ओइरो लागेको छ।
बलिउडमा क्रिकेटर र हिरोइनबीचको प्रेम सम्बन्ध नौलो होइन्। तर नेपालका लागि निशा र शरदको पीरती क्रिकेटर र हिरोइनबीचको सम्बन्ध औपचारिक रुपमा बाहिर आएको पहिलो घटना हो।
एस्तो छ निशाले गरेकि फेसबुक पोस्ट
