मंसीर ११ मा डी सिने अवार्ड, मनोनयन सार्वजनिक


D-cine-awardग्ल्यामर नेपाल, काठमाडौं ।
अत्याधुनिक प्रविधिबाट डिजिटलाइज्ड गरिएका फिल्महरु हेर्न दर्शकको रुची बढिरहेको बेला डिजिटल फम्र्याटमा बनेका फिल्महरुलाई हौसला प्रदान गर्ने उद्धेश्यले ‘छैंठौै डि सिने अवार्ड –२०७१ अवार्ड’ हुने भएको छ ।

छायाँछवि क्रियशनले आयोजना गर्न लागेको अवार्ड आगामी मंसीर ११ गते राजधानीमा हुन लागेको हो । अवार्डका अध्यक्ष शान्तिप्रियका अनुसार अवार्डमा २०७० भित्र प्रदर्शनमा आएका डिजिटल सिनेमा प्रतिस्पर्धामा उत्रिनेछन् ।

आयोजकले उत्कृष्ठ पाँचको मनोनयनसमेत सार्वजनिक गरेको छ । अवार्ड २२ विधामा बाँडिनेछ । विधामा उत्कृष्ट ध्वनि मिश्रण, उत्कृष्ट पाश्र्व संगीत, उत्कृष्ट द्वन्द्व निर्देशक, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट गायिका, उत्कृष्ट गायक, उत्कृष्ट संगीतकार, उत्कृष्ट नव –अभिनेत्री, उत्कृष्ट नव –अभिनेता, उत्कृष्ट नव निर्देशक, उत्कृष्ट खलपात्र, उत्कृष्ट चरित्र अभिनय, उत्कृष्ट सह–अभिनेत्री, उत्कृष्ट सह–अभिनेता, उत्कृष्ट लेखन, उत्कृष्ट सम्पादन, उत्कृष्ट छाँयाकार, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक र उत्कृष्ट चलचित्र रहेको छ ।

SUBSCRIBE 👉